नियम ७
उजुरी निवेदनको जाँचबुझ र खारेजी
(१) कुनै उजुरी निवेदन दायर भएपछि न्यायाधिकरणले सो सम्बन्धमा देहायका कुराहरूको जा“चबुझ गर्नेछः–
(क) ऋण असुल उपरको लागि लिइएको दाबीको आधार स्पष्ट छ, छैन,
(ख) उजुरी निवेदनसाथ संलग्न प्रमाण तथा कागजातहरू दाबीलाई पुष्टि गर्न पर्याप्त छन्, छैनन्,
(२) उपनियम (१) बमोजिम जा“चबुझ गर्दा उजुरी निवेदनमा उल्लिखित दाबीका आधारहरू स्पष्ट नभई दाबी लाग्न नसक्ने देखेमा न्यायाधिकरणले उजुरी निवेदन खारेज गर्न सक्नेछ ।
(३) उजुरी निवेदनसाथ संलग्न प्रमाण तथा कागजातहरूबाट दाबी पुष्टि हुन नसक्ने देखेमा न्यायाधिकरणले सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई सात दिनको म्याद दिई थप आवश्यक प्रमाण तथा कागजातहरू पेश गर्न आदेश दिन सक्नेछ । यसरी तोकिएको म्यादभित्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले थप आवश्यक प्रमाण तथा कागजातहरू पेश गर्न नसकेमा वा पेश गरेको कागजातबाट दाबी पुष्टि हुन नसक्ने देखेमा न्यायाधिकरणले त्यस्तो उजुरी निवेदन खारेज गर्न सक्नेछ ।
(४) न्यायाधिकरणले उपनियम (२) वा (३) बमोजिम उजुरी निवेदन खारेज गरेमा सोको जानकारी उजुरी निवेदन खारेज गरेको मितिले सात दिन भित्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई दिनु पर्नेछ ।